Trending
>>   ललितपुर महानगरपालिकाले २४ जनालाई दियो विपद् उद्धार सम्बन्धी तालिम >>   पूर्वराजा शाहलाई गगन थापाको प्रश्न :राजतन्त्र आएपछि के हुन्छ ? >>   कहिले-कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छः प्रधानमन्त्री ओली >>   २३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष… >>   ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा >>   कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >>   पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल >>   राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल >>   एमालेको स्पष्ट बहुमत आउनु नै मिसन ०८४ः प्रधानमन्त्री ओली >>   गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएनः नेतृ झाँक्री
Logo
१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिँदै


नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रुपमा रहेको छ । यहाँ पुरातत्व विभागले करिब रु आठ करोडको लागतमा शिव मन्दिर निर्माण गर्दैछ । मन्दिरका पुराना भग्नावशेष भेटिएको भन्दै कलात्मक शिलाको प्रयोगबाट मन्दिर निर्माण गरिँदैछ । आश्रममा करिब नौ सय वर्ष अघि निर्माण भएको र हाल भग्नावशेषका रुपमा रहेको वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम भइरहेको आश्रमका अध्यक्ष पुष्पराज घिमिरेले बताउनुभयो ।

“गजुर छोडेर ५१ फिट उचाइ र चौडाइ १७ देखि १९ फिट भएको यो मन्दिर पाँच वर्ष अघि उत्खनन गरी निकालिएका वास्तुकलाले भरिएका ढुङ्गाले निर्माण गरिदैछ”, उहाँले भन्नुभयो, “मन्दिरको भित्र पुरानो शिव लिङ्ग राखिने छ ।” पहिले महादेव स्थानका रुपमा रहेको यो स्थलमा आदिवासी थारु समुदायले शिख्रौली कुमारवर्ती (परिक्रमा पूजा) सालका वृक्षमुनि केही माटाका प्राचीन मूर्ति राखी चैत शुक्ल पक्षमा पूजाआजा गर्दै आएका थिए । विसं २०१६ मा पुनर्वास योजनाअन्तर्गत पहाडी भू–भागमा बसोबास गर्ने व्यक्ति बसाइँसराइ आएपछि भारतको कानपुरबाट खयर सङ्कलन गर्न आउने ठेकेदारलाई अनुरोध गरी शिव मन्दिर स्थापना गरेर सोही समयदेखि नै यहाँ पूजाअर्चना हँुदै आइरहेको छ । विसं २०३५ पछि यहाँको मन्दिरको नाम कैलाश सन्न्यास आश्रम राखिएको अध्यक्ष घिमिरेले बताउनुभयो । यस स्थानको मन्दिर १३ औँ शताब्दीको भएको पुरातत्व विभागले जनाएको छ । “अहिलेसम्म पुरातत्व विभागले आश्रमलाई मन्दिर हस्तान्तरण गरेको छैन”, घिमिरेले भन्नुभयो, “विभागले सम्पन्न भइसकेपछि मन्दिर आश्रमलाई हस्तान्तरण गर्ने छ ।” पूर्व–पश्चिम राजमार्गबाट आठ सय मिटर दक्षिणमा रहेको यस मन्दिरलाई पुरातात्विक, धार्मिक र प्राकृतिकरुपमा पर्यटकीयस्थल बनाउन सकिन्छ ।

मन्दिरको नजिकै कलकल बगेको नारायणी नदी, नदी पारीको चितवन राष्ट्रिय निकुञ्जमा देखिने गँैडा, बँदेल, मृग, मयुर र नदीमा बसोबास गर्ने विभिन्न चराचुरुङ्गी र गोही देख्न पाइने यस स्थान रमणीय रहेको छ । गैँडाकोट–१३ मा रहेको आश्रम परिसरमा सेनकालीन सभ्यता झल्काउने शिव मन्दिर बनाइएको छ । यहाँ ढुङ्गामा कलात्मक हस्तकलाले कँुदिएका करिब एक हजार पाँच सय बढी शिला फेला परेपछि विभागले आफ्नो मातहतमा ल्याएर खोज अनुसन्धान र अन्वेषण गरी मन्दिर बनाउने प्रक्रियामा रहेको छ । चालु आर्थिक वर्षका लागि रु २० लाख बजेट छुट्टिएको छ ।

अब दुई वर्षमा सो मन्दिरले पूर्णता पाउने अध्यक्ष घिमिरेले बताउनुभयो । स्थानीय बुद्धिप्रसाद न्यूरेले धार्मिक आस्थाको केन्द्र र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा यसलाई विकास गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । “यो मन्दिर र यहाँको महत्व धेरै छ । विशेषत शिव भगवानको आराधना र पूजा गर्दा आफ्नो मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वासका आधारमा मन्दिर आउछन्”, उहाँले भन्नुभयो । हाल भग्नावशेषका रुपमा भेटिएका कलात्मक वास्तुकलाले भरिएको ढुङ्गाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम गरिएको हो । गैँडाकोट–१३ का मोहन भण्डारीले पुरातत्व विभागले खोज गरेर अहिले मन्दिर निर्माण सकेको बताउँदै यसको महत्वलाई उजागर गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय गौरवको रुपमा रहेको यस आश्रमको दुई वर्ष लगाएर उत्खनन गरी पुरातत्व विभागले पुराना र नयाँ शिलाको प्रयोगबाट शिव मन्दिर बनाएको आश्रमका महासचिव नेत्रप्रसाद रिजालले बताउनुभयो ।

यसको ऐतिहासक र पुरातात्विक महत्वलाई उजागर गरेर अगाडि ल्याउन काम गरिरहेको रिजालले बताउनुभयो । यहाँ अहिले मठमन्दिर, साधुसन्त बस्ने घर, विभिन्न देवीदेवताका मठमन्दिर, धर्मशाला निर्माण गरिएको छ । नारायणी नदीको कटान रोक्न र मन्दिर सुरक्षित राख्न गण्डकी प्रदेश सरकारले पर्खाल निर्माणका लागि रु ४० लाख विनियोजन गरेको थियो । पर्खाल निर्माण सम्पन्न भएको छ । यहाँ रहेको पाँच बिघा भूगोलको अहिलेसम्म गुरुयोजना बन्न सकेको छैन । सिखर शैलीको मन्दिर निर्माण गरिए तापनि किन र के कारणले भग्नावशेषको अवस्था आयो यसको खोज भइरहेको छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?