Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

१९औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको बिदाई


२ ,असोज ,काठमाडौँ । १९औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको बिदाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औं एशियाली खेलकुद प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागि हुने खेलाडी, प्रशिक्षक र अफिसियल लगायत बक्सिङ खेलमा सहभागि हुने खेलाडीहरुलाई असोज २ गते सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा आयोजित कार्यक्रमका बीच हार्दिक बिदाई गर्नुभएको छ ।

सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्गझाओ शहरमा संचालन हुने एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन बन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागि हुने एपीएफका ४ जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाई गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पुग्ने मात्र नभई समग्र राष्ट्रको समेत पहिचान झल्काउने भएकोले सहभागी सम्पूर्ण खेलाडीहरुबाट अनुशासित तवरले खेल प्रदर्शन गर्नका साथै राष्ट्र र समग्र जनताले खेलाडीहरुबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, नेपाल ह्याण्ड बल संघका अध्यक्ष बिश्व बम मल्ल तथा संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: २ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?