Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री पाण्डे


२ ,असोज ,गण्डकी।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका छन्  ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज पोखरामा आयोजित ‘पर्यटन व्यवसायीहरूसँग पर्यटकीय सम्भावना, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले प्रदेशका पर्यटकीय सम्भावनालाई उजागर गर्दै देखिएका समस्याहरू सम्बद्ध पक्षसँग सहकार्य गर्दै समाधान गरिने बताए  ।
प्रदेशभित्रका केही स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताउँदै मुख्यमन्त्री पाण्डेले पदमार्ग क्षेत्रको संरक्षणसँगै नयाँ पदमार्गहरू खोजिनुपर्नेमा जोडदिएका छन् । पोखराबाट सबै प्रदेशमा हवाई सञ्जाल जोड्ने कुरालाई प्राथमिकतामा राखिएको बताउँदै उनले पृथ्वीराजमार्गको सडक निर्माणमा भइरहेको ढिलाइ सम्बन्धमा पनि सम्बद्ध निकायसँग निरन्तर छलफल गरिरहेको बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा आफूले निरन्तर प्रधानमन्त्रीसँग छलफल गरिरहेको बताउँदै उहाँले यस सम्बन्धमा चाँडै नै सकारात्मक सङ्केत आउने विश्वास व्यक्त गरे । पर्यटकीय क्षेत्रमा राति पनि बजार खोल्ने सम्बन्धमा आफू सकारात्मक भएको बताउँदै उहाँले यस सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरी निष्कर्षमा पुग्न सकिने भनाइ राखेका छन्  ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले पर्यटनमा गुणस्तरीयतालाई जोड दिनुपर्ने बताएका छन् । गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनामा समेटिनुपर्ने विषयलाई जानकारी गराउन उहाँले सबैसँग आग्रह गरे  ।
आयोगले अनलाइनबाट सुझाव प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाएको बताउँदै उहाँले प्राप्त सुझावका आधारमा पटक–पटक छलफल गरी पञ्चवर्षीय योजनालाई अन्तिम रुप दिइने उहाँको भनाइ छ । साहसिक पर्यटनको विकासका साथै सडक, बाटोघाटो तथा पूर्वाधार सरकारको प्राथमिकतामा रहेको उहाँले बताएका छन् ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले दिगो पर्यटनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । पर्यटन क्षेत्रमा जनशक्तिको अभाव समस्या रहेको बताउँदै उहाँले पोखरा आउने बाटोघाटोलगायतका कारण पनि यहाँको पर्यटन प्रभावित बनेको बताए  ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोभिड, आर्थिक मन्दीलगायतका कारण प्रभावित पर्यटनको पुनरुत्थान अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो । पर्यटकको आगमन वृद्धि गर्नु जरुरी रहेको बताउँदै उनले भारतीय पाँच सय रुपैयाँ दरको नोट सटही नहुँदा भारतीय पर्यटकको आगमन प्रभावित बनेको बताए  ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनुपर्ने बताउँदैै उनले नेपाल एयरलाइन्सबाट उडान सुरु गर्न सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोमबहादुर थापा, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)का अध्यक्ष उदय सुवेदी, पर्यटन मजदुर शालिकराम तिमल्सिना, लक्ष्मण सुवेदी, वासु त्रिपाठी, कमल पौडेल (अथक) लगायतले सरकारको अनुभूति हुने गरी पर्यटन क्षेत्रको विकासमा लाग्न सरकारको ध्यानाकर्षण गराएका छन्  ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?