Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


१ ,असोज , कैलाली । कैलाली, घोडाघोडी नगरपालिका-४ डङडङ्गेस्थित सडकमा से.५ प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका-१ बस्ने २९ वर्षीय नरेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचार पश्चात निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।

मोटरसाइकल चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । सर्लाही, मलंगवा नगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने राम दर्शन पासवानकी छोरी ४ वर्षीया नन्दनी कुमारीको आइतबार दिउँसो मृत्यु भएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?