Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको प्राविधिक र डिजिटल विभाजनप्रति गम्भीर चिन्ताको बिषय: कृषिमन्त्री भुसाल


१ ,असोज ,काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको प्राविधिक र डिजिटल विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । ‘वर्तमान विकासका चुनौतीहरूः विज्ञान, प्रविधि र नवप्रवर्धनको भूमिका’ भन्ने नाराका साथ क्युबाको हवानामा भएको जी– ७७ र चीनको शिखर सम्मेलनमा अतिकम विकसित देशहरूको समूहको तर्फबाट बोल्दै मन्त्री भुसालले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

सम्बोधनका क्रममा मन्त्री भुसालले भने, ‘हामीले विकसित राष्ट्रहरूबाट प्रविधि हस्तान्तरण गर्ने, शिक्षा प्रणालीमा समाहित गर्ने र प्राविधिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने ठोस प्रतिबद्धताका बावजुद दशकौं बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको प्रविधि हस्तान्तरणका लागि जोड दिनुपर्छ ।’ मन्त्री भुसालले अति कम विकसित राष्ट्र (एलडीसी) का लागि दोहा कार्ययोजना कार्यान्वयन गर्न ग्लोबल साउथको सहयोगको लागि आह्वान गरेका छन् ।

उक्त कार्ययोजनाले एलडीसीहरूमा एसटीआईहरूको विकासलाई प्रमुख प्राथमिकताको रूपमा प्रस्तुत गरेको छ । साथै मन्त्री भुसालले नेपालको विकास नीति र प्राथमिकताका बारेमा प्रकाश पार्दै अल्पविकसित मुलुकको स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको बताए । यता मन्त्री भुसालले क्युवाका कृषि मन्त्री यडेल ब्रिटोसँग पनि भेट गरेका छन् । समकक्षीसँगको भेट कृषिको यान्त्रिकीकरण र प्रविधिको सहयोगमा कृषि उत्पादनलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री मन्त्री भुसालले शिखर सम्मेलन आयोजना गरेकोमा आफ्ना समकक्षी ब्रिटोलाई बधाई दिँदै आतिथ्यताका लागि धन्यवाद दिएका थिए । १५ र १६ सेप्टेम्बर २०२३ सम्म भएको शिखर सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री भुसाल १४ सेप्टेम्बरमा हवाना पुगेका थिए


प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?