Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

उपाध्यक्ष उम्मेदवार पौडेलद्वारा एनआरएन मन्त्रालय गठनको माग,नागरिकता निरन्तरताको मुद्दा पूरा गरिछाड्ने प्रतिवद्धता


काठमाडौंः गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औं महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार डाक्टर केशव पौडेलले गैर आवासीय मामिलाको सम्बोधनका लागि एनआरएन मन्त्रालय गठनमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

संसारभरका एनआरएनको माग सम्बोधन तथा सीप,पुँजी सम्बोधन गर्न, ज्ञान प्रविधि सीप हस्तान्तरणका लागि एनआरएन मन्त्रालयका लागि पहल गर्ने उनले प्रतिवद्धता जनाए ।आगामी चुुनावमा विदेशबाटै मतहालका महासचिव पौडेलले आफ्नो उम्मेदवारी घोषणाका क्रममा गैरआवासीय नागरिकताको मुद्दा आफुहरुकै पहलमा अघि बढेको भन्दै नागरिकता निरन्तरताको मुुद्दा पूरा गरिछाड्ने प्रतिवद्धता जनाए ।

एक पटकको नेपाली सँधैं नेपाली भन्ने विषय टुँगोमा उद्देश्य पूरा गर्न भूमिका खेल्नेछु, उनले भने । उनले आगामी चुनावमा विदेशबाट समानुपातिक मत प्रदान गर्ने गरी वातावरण मिलाइछाड्ने प्रतिवद्धता पनि जनाएका छन् ।गैरआवासीय नेपालीको स्वदेशमा लगानीका क्रममा देखिएको दोहोरो कर प्रणालीको समस्या सम्बोधन गर्न पनि लागि पर्ने उपाध्यक्ष उम्मेदवार पौडेलले प्रतिवद्धता जनाए ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?