Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

उपाध्यक्ष उम्मेदवार पौडेलद्वारा एनआरएन मन्त्रालय गठनको माग,नागरिकता निरन्तरताको मुद्दा पूरा गरिछाड्ने प्रतिवद्धता


काठमाडौंः गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औं महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार डाक्टर केशव पौडेलले गैर आवासीय मामिलाको सम्बोधनका लागि एनआरएन मन्त्रालय गठनमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

संसारभरका एनआरएनको माग सम्बोधन तथा सीप,पुँजी सम्बोधन गर्न, ज्ञान प्रविधि सीप हस्तान्तरणका लागि एनआरएन मन्त्रालयका लागि पहल गर्ने उनले प्रतिवद्धता जनाए ।आगामी चुुनावमा विदेशबाटै मतहालका महासचिव पौडेलले आफ्नो उम्मेदवारी घोषणाका क्रममा गैरआवासीय नागरिकताको मुद्दा आफुहरुकै पहलमा अघि बढेको भन्दै नागरिकता निरन्तरताको मुुद्दा पूरा गरिछाड्ने प्रतिवद्धता जनाए ।

एक पटकको नेपाली सँधैं नेपाली भन्ने विषय टुँगोमा उद्देश्य पूरा गर्न भूमिका खेल्नेछु, उनले भने । उनले आगामी चुनावमा विदेशबाट समानुपातिक मत प्रदान गर्ने गरी वातावरण मिलाइछाड्ने प्रतिवद्धता पनि जनाएका छन् ।गैरआवासीय नेपालीको स्वदेशमा लगानीका क्रममा देखिएको दोहोरो कर प्रणालीको समस्या सम्बोधन गर्न पनि लागि पर्ने उपाध्यक्ष उम्मेदवार पौडेलले प्रतिवद्धता जनाए ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?