२९ भदौ, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो।
बैठकले उच्च अदालतका ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको सरुवा गर्ने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार