Trending
>>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा भट्ट


काठमाडौं : माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन् । शुक्रबार राजधानी काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो ।

चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए । महाधिवेशनले पाँच महिनासम्म रावलले संगठन चलाउने र त्यसपछि नेतृत्व भट्टलाई हस्तान्तरण गर्ने तय गरेको थियो ।

महाधिवेशनमा भएको सहमतिअनुसार संगठनको शुक्रबार सम्पन्न दोस्रो पूर्ण बैठकमा रावलले भट्टलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

बैतडी घर भइ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्ट संगठनमा दुई कार्यकाल उपाध्यक्ष र पाँच महिना वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । भट्टले संगठनको विधान मस्यौदा समिति संयोजकका रुपमा पनि जिम्मेवारी पूरा गरिसकेका छन् ।

अध्यक्ष चुनिएसँगै भट्टले कर्मचारीको हकहितमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । ‘संगठनको उद्देश्यलाई व्यवहारमा लागु गरि कर्मचारीको हकहितका लागि लड्न सामूहिकतामा अगाडि बढ्नेछु,’ उनले भने ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?