Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा भट्ट


काठमाडौं : माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन् । शुक्रबार राजधानी काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो ।

चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए । महाधिवेशनले पाँच महिनासम्म रावलले संगठन चलाउने र त्यसपछि नेतृत्व भट्टलाई हस्तान्तरण गर्ने तय गरेको थियो ।

महाधिवेशनमा भएको सहमतिअनुसार संगठनको शुक्रबार सम्पन्न दोस्रो पूर्ण बैठकमा रावलले भट्टलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

बैतडी घर भइ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्ट संगठनमा दुई कार्यकाल उपाध्यक्ष र पाँच महिना वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । भट्टले संगठनको विधान मस्यौदा समिति संयोजकका रुपमा पनि जिम्मेवारी पूरा गरिसकेका छन् ।

अध्यक्ष चुनिएसँगै भट्टले कर्मचारीको हकहितमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । ‘संगठनको उद्देश्यलाई व्यवहारमा लागु गरि कर्मचारीको हकहितका लागि लड्न सामूहिकतामा अगाडि बढ्नेछु,’ उनले भने ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?