Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

टेलिकमको नेटवर्क समस्याले उपभोक्तालाई हैरान


२७ भदौ, गोरखा । नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्याले गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाभित्रका विभिन्न क्षेत्रका उपभोक्ताले हैरानी खेप्दै आउनु परेको छ । गएको दुई महिनाभन्दा बढी समयदेखि त्यस क्षेत्रका उपभोक्ताले नेटवर्क समस्याका कारण र इन्टरनेट सेवा राम्रोसँग सञ्चालन नहुँदा कठिनाई भोग्दै आउनु परेको हो ।

जिल्लाको उत्तरपश्चिम अजिरकोट गाउँपालिकाको भच्चेकमा रहेको टेलिकमको टावरमा आएको समस्याका कारण टेलिकमको मोबाइल सेवा तथा इन्टरनेट दुरुस्त नचल्ने गरेको बारपाक सुलिकोट गाउँपालिकाका जीतबहादुर नेपालीले जानकारी दिए । ‘भच्चेकमा राखिएको नेपाल टेलिकमको टावरबाट बारपाक सुलिकोट गाउँपालिका विभिन्न क्षेत्रमा टेलिकमको फोरजी सेवा पुगेको छ, उनले भने, “अहिले टावरमा आएको समस्याले राम्रोसँग इन्टरनेटले काम गरेको छैन ।”

नेटवर्कमा आएको खराबीका कारण मोबाइल कल गर्दासमेत कुरा नबुझिने, फोन गर्दागर्दै काटिने समस्या भएको जीतबहादुरको भनाइ थियो । टेलिकमको टावरमा आएको समस्याले हैरानी खेप्नु परेको अधिकांस उपभोक्ताको गुनासो छ । कुराकानी गर्दा मोबाइल फोनमा आवाज नसुनिने समस्यासमेत रहेको अजिरकोट गाउँपालिका–३, भच्चेकका हरिप्रसाद देवकोटाले बताउनुभयो । ‘मोबाइल छ तर कुरा गर्न परेको बेला काम परेको बेला कुराकानी गर्न नै गाह्रो हुन्छ, उनले भने, “फोन गर्दा फोन नै लाग्न गाह्रो र फोन लागे पनि कुरा बुझ्न समस्या हुने गरेको छ ।”


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?