Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

घरपालुवा जनावर खाँदै आएको बाघ नियन्त्रणमा


२७ भदाै, नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको नन्दपुरमा घरपालुवा जनावर खादै आएको बाघ नियन्त्रणमा लिईएको छ ।

निकुञ्जको टोलीले मध्यविन्दु नगरपालिका २ नन्दपुरबाट गएराती समातेको हो । बाघ नियन्त्रणका लागि खटिएको निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बाघ नियन्त्रणमा लिएको सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

चार दिनअघि नन्दपुरकै हेमकान्त चौधरीको गोठका दुईवटा गाईलाई सिकार गरेर मारेको हो । सोहि क्षेत्रमा ७ वटा बाख्रा र एउटा बंगुर समेत मारेको थियो ।

समातिएको बाघलाई कसरा लगिएको सूचना अधिकारी तिवारीले बताए । निकुञ्जको टोलीले मध्यविन्दुमै सोमबार सात महिनाको पोथी बाघ समेत नियन्त्रणमा लिएको थियो ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?