Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

उपभोक्ता ठगिने अवस्थाको अन्त्य हुन सकेन : कानुनमन्त्री गुरुङ


२७ ,भाद्र ,काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उपभोक्ता ठगीने अवस्थाको अन्त्य हुन नसकेको बताएका छन् ।

नेपाली उपभोक्ता संरक्षण महासङ्घको दोस्रो साधरणसभाको हिजो उद्घाटन गर्दै उनले जति बजार अनुगमन गरे पनि नेपाली उपभोक्ता सधैँ ठगिनुपर्ने अवस्था सिर्जना भएको बताए ।

उनले चाँडै धनी बन्ने अभिलाषा बोकेर व्यापार गर्दा उपभोक्ता ठगीमा परेको बताए । ठगी गर्ने व्यापारीलाई सरकारले कारबाही गर्ने मन्त्री गुरुङको भनाइ थियो ।

उनले शुद्ध मन नभएसम्म सुधार हुन नसक्ने तर्क गरे । कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्र साउदले उपभोक्ता संरक्षण महासङ्घ राष्ट्रिय प्रकृतिको संस्था भएकाले राष्ट्रिय ऐनमा दर्ता गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।

उनले महासङ्घलाई सम्बन्धित सबै निकायमा अनिवार्य प्रतिनिधित्वसहित अधिकार सम्पन्न बजार अनुगमन तथा कानुनी दायरामा ल्याउन सक्ने अधिकार सम्पन्न छुट्टै संयन्त्र गठन गर्न सहयोग गर्न सरकासँग आग्रह गरे ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?