Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

जसपाद्वारा प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनप्रति दुःख व्यक्त


२६ ,भाद्र ,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।

“पञ्चायतविरुद्धको आन्दोलनदेखि ऐतिहास अनआन्दोलनसम्म मुलुकमा भएका परिर्वतनकारी सङ्घर्षमा अग्रणी भूमिका निर्वाह गर्नुभएका भद्र एंव शालीन व्यक्तित्व स्व नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ”, आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको हो ।

त्यसैगरी सो पार्टीले मधेस प्रदेशसभा सदस्य विन्दु यादवको आज भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?