Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना


२६ भदौ, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताएका छन् ।

आज शोक वक्तव्य जारी गर्दै उनले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै संसद्ले एक अनुभवी, असल र तथा राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गरे ।

“२०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उहाँले खेलेको नेतृत्वदायी भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने छ”, जारी शोक वक्तव्यमा भनिएको छ, “नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्त्वपूर्ण भूमिका थियो ।”

अध्यक्ष तिमिल्सिनाले नेता नेम्वाङको सुझबुझपूर्ण ढङ्गले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुशरणयोग्य रहेको बताएका छन् । उनको आज त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा १ः४० बजे हृदयघातका कारणले निधन भएको हो ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?