Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

समाजवादी मोर्चाद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त, पूर्व निर्धारित कार्यक्रम स्थगित


२६ भदौ, काठमाडाैँ । समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ ।

मोर्चाका सदस्यसचिव प्रमेश हमालले दिवङ्गत नेता नेम्वाङ कम्युनिष्ट आन्दोलनको साझा नेता भएकाले उनको निधनमा शोक मनाउन आजको कार्यक्रम स्थगन गरिएको जानकारी दिए । नेम्वाङको हृदयाघातबाट गए राति उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो ।

आज सन्देश सभा सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने कार्यक्रम तय भएको थियो । उक्त प्रदेशमा यसअघि यही भदौ १३ गते हुने भनिएको कार्यक्रम पनि स्थगन गरिएको थियो ।

गत असार ४ गते घोषणा गरिएको मोर्चाले अहिलेसम्म गण्डकी, मधेस, लुम्बिनी, बागमती, कोशी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ । मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छन् ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?