Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

समाजवादी मोर्चाद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त, पूर्व निर्धारित कार्यक्रम स्थगित


२६ भदौ, काठमाडाैँ । समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ ।

मोर्चाका सदस्यसचिव प्रमेश हमालले दिवङ्गत नेता नेम्वाङ कम्युनिष्ट आन्दोलनको साझा नेता भएकाले उनको निधनमा शोक मनाउन आजको कार्यक्रम स्थगन गरिएको जानकारी दिए । नेम्वाङको हृदयाघातबाट गए राति उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो ।

आज सन्देश सभा सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने कार्यक्रम तय भएको थियो । उक्त प्रदेशमा यसअघि यही भदौ १३ गते हुने भनिएको कार्यक्रम पनि स्थगन गरिएको थियो ।

गत असार ४ गते घोषणा गरिएको मोर्चाले अहिलेसम्म गण्डकी, मधेस, लुम्बिनी, बागमती, कोशी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ । मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छन् ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?