Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

चिकित्सक अभावमा शल्यक्रिया सेवा बन्द


२६ भदाै, जोमसोम । जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ । शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएर गएका र अर्का चिकित्सक नआएकाले एक हप्तायता जोमसोम अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको हो ।

जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुुग्नुुपर्ने अवस्था सिर्जना भएको हो । अस्पतालमा आठ महिनादेखि कार्यरत चिकित्सक डा मुुखिया घले सरुवा भएर गएपछि चिकित्सक अभावमा शल्यक्रिया सेवा उपलब्ध गराउन नसकिएको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले बताए ।  “भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभव प्राप्त चिकित्सक आउनै नमान्ने र आएपछि छिट्टै सरुवा भएर अन्य जाने समस्याले सेवा प्रभावित भएको छ,” उनले भने, “शल्यक्रिया सेवाको निरन्तरताका लागि जनशक्तिको स्थिरता आवश्यक छ ।”

स्थापनाको ४८ वर्षपछि शल्यक्रिया सेवा सुरु गरेको मुस्ताङ अस्पतालले गत वर्ष छ जनालाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएको थियो । यसैगरी बिग्रिएको उपकरण मर्मत नहुँदा २५ शय्या क्षमताको मुस्ताङ अस्पतालको भिडियो एक्स–रे सेवा पनि बन्द भएको छ । जनशक्ति र पूर्वाधार भने १५ शय्या बराबरको रहेको छ । मुस्ताङ अस्पतालमा नवौँ तहका एकजना चिकित्सकको नेतृत्वमा विभिन्न तहका १८ जना जनशक्तिको दरबन्दी छ । एक चिकित्सक, एक अनमी र ६ जना कार्यालय सहयोगीको पदपूर्ति भएको छैन ।

जनशक्ति अभावमा प्रयोगशाला, भिडियो एक्स–रे, आकस्मिक, फार्मेसी सेवा प्रभावित बनेको छ । सूचना अधिकारी बस्नेतका अनुसार सबै सेवालाई नियमित सञ्चालन गर्न न्यूनतम २० जना जनशक्ति आवश्यक छ । चिकित्सक र अन्य जनशक्ति जति सक्दो छिटो पठाउनका लागि गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले बताए ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?