Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कञ्चनपुरका आरक्ष पीडितले माइतीघरमा थाले भोक हड्ताल, यस्ता छन् पाँच बुँदे माग


काठमाडौं, २६ भदौ : कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरुले देशको राजधानी काठमाडौंको माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका छन् ।

आरक्षबाट विस्थापित भएको २२ वर्ष वितिसक्दा पनि पुनस्र्थापनामा राज्यले वेवास्ता गरेको भन्दै पीडितहरुले सोमबारदेखि माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका हुन् । तत्कालीन आरक्ष विस्तारका क्रममा २०५८ सालमा राज्यले सयौं परिवार विस्थापित गरे पनि अझै उनीहरुको पुनस्र्थापना हुन सकेको छैन । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टसहित पीडितहरु पुनस्र्थापनाका लागि पाँच बुँदे मागसहित भोक हड्तालमा बसेका हुन् ।

पीडितहरुले प्रतिपरिवार दश कठ्ठा जग्गा उपलब्ध गराउनुपर्ने, २०५८ देखि अहिलेसम्म २२ वर्षको क्षतिपूर्ति दिनुपर्ने, घरगोठलगायत खोसिएको सम्पत्तिको मुआब्जा दिनुपर्ने, पीडित परिवारका लागि शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारका बालबालिकालाई राज्यको मूलधारमा रोजगारी सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

भोक हड्तालमा बसेका आरक्ष पीडित संघर्ष समितिका सचिव भट्टले समस्या समाधान गर्ने भनेर प्रधानमन्त्रीदेखि कञ्चनपुरका जनप्रतिनिधिले आश्वासनमात्रै दिएको र पुनस्थार्पनाका लागि कुनै कदम नचालेकाले बाध्य भएर सडकमा आएको बताए । ‘अब माग पूरा नभएसम्म हामी पछि हट्दैनौं । हामीमाथि राज्यको विभेदले सीमा नाघ्यो । यथाशिघ्र हाम्रो पुनस्र्थापना हुनुपर्छ,’ उनले भने । आरक्ष पीडितको नाममा राजनीतिक दलहरुले कमाइ खाने भाँडो अब बन्द हुनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?