Trending
>>   ललितपुर महानगरपालिकाले २४ जनालाई दियो विपद् उद्धार सम्बन्धी तालिम >>   पूर्वराजा शाहलाई गगन थापाको प्रश्न :राजतन्त्र आएपछि के हुन्छ ? >>   कहिले-कहिले अराजनीतिक कदम पनि चाल्नुपर्छः प्रधानमन्त्री ओली >>   २३ महिनादेखि रोकिएका आइपिओ समयमै नआए सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य पूरा हुन सक्दैनः अध्यक्ष… >>   ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा >>   कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >>   पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल >>   राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल >>   एमालेको स्पष्ट बहुमत आउनु नै मिसन ०८४ः प्रधानमन्त्री ओली >>   गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएनः नेतृ झाँक्री
Logo
१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

बिपीले लिएको मेलमिलाप नीति उचित हो, गल्ती राजाले गरेः डा. भट्टराई


काठमाडौं। नेपाली कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको अन्तराष्ट्रिय राजनीतिमा उच्च स्थान र कुटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको राजनीतिक दलका नेताहरुले बताएका छन्।नेपाली कांग्रेसले बिपीको ११०औं जन्मदिनको अवसरमा आइतबारबाट बीपीनगरमा आयोजित ‘बिपी साहित्य सम्मेलन–२०८०’को दोश्रो दिन ‘अन्तराष्ट्रिय राजनीति र कुटनीतिमा बिपी’ विषयमा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री तथा नेपाल समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बिपीले लिएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी भएको बताए।

  

उनले भने ‘माक्र्स र गान्धिको बिचारबाट प्रभावित भएका बिपीको बिचारमा माक्र्सबाद र गान्धिको आर्थिक समाजबाद र अहिंसावादी व्यवहार झल्किन्छ। बिपीलाई २०१७ सालमा प्रधामन्त्रीबाट हटाउन देशभित्रकै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालिन राजा महेन्द्रले भूमिका खेलेका हुन्।’उनले बिपी अग्रगामी, लोकतान्त्रिक र समाजबादी चरित्रको हुनुहुन्थ्यो भन्दै भारतमा आफ्नै मित्र इन्दिरा गान्धीले संकटकाल लगाएको, सिक्किम भारतमा विलय भएको आदि कारणले राजासँग मेलमिलापको नीति लिएर बिपी नेपाल आएको बताए।पूर्वप्रधानमन्त्री भट्टराईले बीपीले राष्ट्रियताको विषयमा राजासँग मिलेर जान खोज्ने मेलमिलापको नीति सही भए पनि राजाले विश्वासघात गरेको जनाए । उनले बीपीले अँगालेको सो नीति सफल नभए पनि सही भएको बताए।

उनले नेपालमा दलहरुबीच कुर्सीमा वाहेक सहमति नजुट्नु दुर्भाग्य भएको जनाए । उनले भने, ‘कोही ठूलो मान्छे बन्न खोज्छ भने उसले बल मिच्याइँ गर्छ भनेर बिपी भन्नुहुन्थ्यो।’ नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा.नारायण खड्काले बिपीको व्यक्तित्व अन्तराष्ट्रिय क्षेत्रमा उच्च र सम्मानित अनि अतुलनिय थियो भन्दै बीपी पट्नाबाट नेपाल आउँदा होस वाराजाले प्रधानमन्त्रीबाट हटाउँदा बीपीको पक्षमा जनसमर्थन र अन्तराष्ट्रिय समर्थन कहिल्यै नदेखेको बताए। डा. खड्काले भने, ‘राजा महेन्द्रले बिपीलाई अपदस्त गरेपछि संयु्क्त राष्ट्रसंघको महासभामा जाँदा संयुक्त राज्य अमेरिकामा ९३ जना नेबेल प्राईज विजेताले बिरोध गरेको घटना ऐतिहासिक छ ।’

डा. खड्काले चीनका राष्ट्रपति माओत्से तुङसँगको वार्ता, चीनका प्रधानमन्त्रीसँग सगरमाथा नेपालको हो भनेर दाबी पेश गर्ने बिपीले मुस्ताङमा नेपाली नागरिक मारिँदा माफी मागाई क्षतिपूर्ती गराएको घटना कुटनीतिक क्षेत्रको महत्वपूर्ण योगदान भएको बताए। नेपालमा हालका राजनीतिक दल र नेताले परराष्ट्र क्षेत्रलाई प्राथमिकता नदिँदा, देशमा भ्रष्टाचारको इस्युमा बृद्धि भएको, भद्रगोल र अस्थिरता देखिँदा नेपालले अन्तराष्ट्रिय फोरममा आफ्नो भनाई राख्न नसकेको बताए।

नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले चीनसँग सम्वन्ध राख्दा भारतबिरोधी र भारतसँग सम्वन्धलाई निरन्तरता दिँदा चीन विरोधी हुनु पर्दैन भनेर लिएको अडान परराष्ट्र मामिलामा उल्लेख्निय भएको बताए । ज्ञावलीले भारत र चीनसँगको नेपालको सम्वन्ध राजनीतिक भन्दा व्यापारिक आधारमा हुनु पर्ने नीति लिएको, भारतको अनुचित दबाबलाई बिपीले अश्वीकार गरेको, भारतमै रहँदा प्रजातन्त्रको पक्षमा र नेपालमा आउँदा राष्ट्रियताको पक्षमा देखिने दोधारमा हुँदा बिपीले राष्ट्रियतालाई प्राथमिकता दिएको बताए।

उनले बिपीसँगको राजनीतिक लाईनमा समर्थन जनाउन नसकिए पनि कुटनीतिलाई सबै दलले र मुलुकले सम्मान गर्ने बताए। कुटनीतिक क्षेत्रकी जानकार इन्द्र अधिकारीले बिपीले संयुक्त राष्ट्र संघको १५औं साधारण सभामा दिएको अभिव्यक्तिले बिपीलाई विश्व जगतमा चिनाएको बताइएन् । ‘बिपीले ठूला शक्ति राष्ट्रले युद्ध र हतियारमा लगानी गरिरहेको भन्दै त्यसको मार साना र अविकिसित देशमा परिरहेकोले धनी र ठूला राष्ट्रले विकाशिल राष्ट्रलाई सहयोग गर्नु पर्छ भनेर माग गरेका थिए’, उनले भनिन् सो अभिव्यक्तिबाट बिपीको उचाई एक्कसी अन्तराष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सकेको थियो।

प्रधानमन्त्री भए पछि चीनको भ्रमणको तयारी हुँदै गर्दा भारतीय प्रधानमन्त्री तथा मित्र जवाहरलाल नेहरुले चीनसँग वार्ता गर्ने विषयमा सुझाव दिँदा अश्वीकार गरेका थिए ।
उनले नेहरुको दबाबलाई अश्वीकार गर्दै नेपाल सार्वभौम र स्वतन्त्र देशको हैसितयमा आफ्नो कुटनीति र सम्वन्ध छिमेकीसँग राख्न सक्छ भन्ने जवाफले आफ्नो हैसियत देखाएको बताइन । उनले चिनियाँ राष्ट्रपति माओत्सेतुङ र प्रधानमन्त्री चाउ एन लाईसँग वार्ता गरेर कुटनीतिक सम्वन्ध विस्तार गरेको स्मरण गर्दै चिनियाँ प्रधानमन्त्रीले गरेको सम्मानलाई आज पनि ऐतिहासिक रुपमा लिने गरिन्छ। सो कार्यक्रमको सहजकर्ताको रुपमा सुधिर शर्माले गरेका थिए भने कार्यक्रमको संयोजन पार्टी केन्द्रीय सदस्य नानु वास्तोला तथा श्रीवावु कार्की र अमृत ज्ञवलीले गरेका थिए।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?