Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज


२४ भदौ, काठमाडाैँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । स्वास्थमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए ।

सोही दिन उक्त अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट (बिपिएच)’ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । शल्यक्रियापश्चात् स्वास्थ्य लाभका लागि अस्पतालमा रहेका उपप्रधान तथा रक्षामन्त्री खड्का आइतबार साढे ३ बजे अस्पतालबाट डिस्चार्ज भएको वीरेन्द्र अस्पतालले जनाएको छ ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?