Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

औषधि व्यवसायी सङ्घको अध्यक्षमा खण्डेवाल निर्वाचित


२४ भदौ, काठमाडाैँ । नेपाल औषधि व्यवसायी सङ्घको अध्यक्षमा प्रकाशकुमार खण्डेवाल निर्वाचित भएका छन् ।

सङ्घको नयाँ नेतृत्वका लागि वीरगञ्जमा भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई १७ मतान्तरले पराजित गर्दै अध्यक्षमा खण्डेवाल निर्वाचित भएका हुन् । निर्वाचनको मतपरिणामअनुसार खण्डेवालले एक सय चार मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी लोकहरि श्रेष्ठले ८७ मत प्राप्त गरे ।

यस्तै सङ्घको उपाध्यक्षमा रामप्रसाद खरेल, आयाततर्फको उपाध्यक्षमा रामचन्द्र शर्मा, सङ्घको थोकतर्फको उपाध्यक्षमा टङ्कप्रसाद अधिकारी र खुद्रातर्फको उपाध्यक्षमा यामनाथ पौडेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सङ्घको महासचिवमा श्रीधर खनाल, कोषाध्यक्षमा सम्राटमान जोशी, सचिवमा कृष्णबहादुर रोकाय निर्वाचित हुनुभएको छ । सङ्घको सदस्यमा बद्री खनाल, भुवनेश्वर बुढामगर, गेहेन्द्रप्रसाद मिश्र, कञ्चन शर्मा खतिवडा, सरलाकुमारी बिष्ट, मुकुन्दकृष्ण श्रेष्ठ र अविनाशकुमार पाण्डे निर्वाचित भएका छन् । सङ्घको १४औँ अधिवेशनको गत शुक्रबार एक कार्यक्रमका बीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका थिए ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?