Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

ललिता निवास जग्गा प्रकरण : १७ जनालाई धरौटीमा छोड्न अदालतको आदेश


२४ भदाै, काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा छोड्न आदेश दिइएको छ । जिल्ला अदालत काठमाडाैँले उक्त प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङसहित १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो  ।

त्यस्तै, सोही प्रकरणमा पक्राउ परेका एक जनालाई तारेखमा रिहा गर्न आदेश दिइएको छ भने  भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरूङलाई भने २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

उनीहरूविरूद्धको मुद्दामा गत भदाै १७ गतेदेखि थुनछेक बहस सुरू भएको थियो । थुनछेक बहस सकिएसँगै आइतबार नै अदालतले उनीहरूमाथि उक्त आदेश सुनाएको हो ।

ललिता निवास प्रकरणमा ५७ दिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सीआईबीले भदौ ५ गते सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?