Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

ललिता निवास जग्गा प्रकरण : १७ जनालाई धरौटीमा छोड्न अदालतको आदेश


२४ भदाै, काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा छोड्न आदेश दिइएको छ । जिल्ला अदालत काठमाडाैँले उक्त प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङसहित १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो  ।

त्यस्तै, सोही प्रकरणमा पक्राउ परेका एक जनालाई तारेखमा रिहा गर्न आदेश दिइएको छ भने  भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरूङलाई भने २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

उनीहरूविरूद्धको मुद्दामा गत भदाै १७ गतेदेखि थुनछेक बहस सुरू भएको थियो । थुनछेक बहस सकिएसँगै आइतबार नै अदालतले उनीहरूमाथि उक्त आदेश सुनाएको हो ।

ललिता निवास प्रकरणमा ५७ दिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सीआईबीले भदौ ५ गते सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?