Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

कागबेनी–तिरी जोड्ने पुल निर्माण


२४ भदौ, मुस्ताङ । गत साउन २८ गते आएको बाढीले बगाएको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागखोलाको पुल मुस्ताङीले श्रमदान गरेर निर्माण गरेका छन् । पुल निर्माण भएपछि तिरी गाउँ पुग्न घुमाउरो बाटो प्रयोग गरेर चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

तिरी गाउँ कागबेनीबाट पारीपट्टी रहेको तर सवारीसाधनको पहुँच विस्तार नभएको गाउँ हो । उक्त गाउँलाई मुस्ताङको सदरमुकाम जोमसोमलगायत अन्य ठाउँसँग तिरी गाउँलाई जोड्ने एकमात्र माध्यम कागखोलाको पुल थियो । उक्त पुल बाढीले बगाएपछि तिरी गाउँ सम्पर्कविहीनको अवस्थामा थियो ।

कागबेनीबाट तिरी गाउँलाई जोड्ने पुल नै बगेपछि तिरी गाउँ र कागबेनी आवतजावत गर्न करिब चार घण्टा पैदल यात्रा गरेर जानुपर्ने बाध्यता रहेकामा मुस्ताङीले सोही ठाउँमा जनश्रमदान गरेरै पुल निर्माण गरी चार घण्टाको बाटोलाई छोट्याएको गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए ।

उनका अनुसार तिरी गाउँमा सिधै जान कागखोला तर्न सकिँदैन । घुमेर जाँदा पाङलिङ, फल्याकलगायतका गाउँ हुँदै निकै घुमेर जानुपर्ने अवस्था थियो । त्यो घुमाउरो बाटो पैदल यात्राका लागिसमेत अप्ठ्यारो भएकाले यात्रीले करिब एक महिनादेखि निकै सास्ती भोग्दै आएका थिए ।

जनश्रमदान, छिमेकीसँगको सहसम्बन्ध, अर्मपर्म र सहयोगलाई पुख्र्यौंली संस्कृतिका रूपमा मान्दै आएका मुस्ताङीले यसपटकको विपत्तिमा पनि उदाहरणीय काम गरेको मुस्ताङमा सामान ढुवानीको व्यवसाय गर्दै आएका कृष्ण शर्माले बताए ।

उनका अनुसार मुख्यतः तिरी, कागबेनी र पाङलिङ गाउँबाट आएका नागरिकले दैनिकरूपमा जनश्रमदान गरेर कागखोलामाथि पुल निर्माण गरेका थिए । पैदलयात्रा र दुईपाङ्ग्रे सवारीसाधन सहजै तर्नसक्ने अस्थायी काठे पुलबाट अप्ठ्यारो परेका बेलामा ट्याक्सी पनि पार हुनसक्ने गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए ।

पुल नभएका कारण अत्यावश्यक सामग्रीसहित दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुँदै आएको थियो । स्वास्थ्य सामग्रीको आपूर्ति गर्नसमेत समस्या भएको थियो । उपचारका लागि तल झर्नुपर्ने वा उपचार गरेर गाउँ फर्किनेलाई पनि समस्या भएको थियो ।

उक्त ठाउँमा यसै वर्ष गाडी तर्नसक्ने पुल निर्माण गर्ने योजना राखेर वडामा बजेट राखिएको अध्यक्ष गुरुङले जानकारी दिए । अब त्यो बजेटको शीर्षक परिवर्तन गरेर कागबेनीका बाढीपीडितको पुनःस्थापनका लागि खर्च गर्नुपर्ने अवस्था आएको पनि उनले बताए ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?