Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

हेटौँडामा आज प्रधानमन्त्रीसहित शीर्ष नेताको सम्बोधन


२४ भदौ, हेटाैँडा । सातवटै प्रदेशमा सन्देशसभा गर्ने समाजवादी मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सन्देशसभा हुने भएको छ । सोही सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् ।

उनिसहित सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी बागमती प्रदेशका अध्यक्ष सावित्री भुसालले बताए ।

आज करिब २ बजे प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा मोर्चाले सन्देशसभा गर्ने भुसालले बताए । सन्देशसभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए ।

हेटौँडामा प्रधानमन्त्री आउने भएपछि शनिबारबाटै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । कार्यक्रमस्थलसहित बजारका विभिन्न चोकचोकमा सुरक्षाकर्मी खटाइएको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले बताए ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?