Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अमेरिका बसेर मानव तस्करी गर्ने हस्त गौतम पक्राउ


२३ भदौ, काठमाडाैँ । पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी  नेपालीलाई बेचबिखन गरेको पाइएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय  हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेको खुलेको छ ।

यसरी अमेरिका पठाउने क्रममा गौतमले रु दुई करोडभन्दा बढी ठगी गरेको पाइएको ब्यूरोका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । उनको सुरुआती घर भने पश्चिम नेपालको रूकुमस्थित सिस्ने गाउँपालिकाको नाथीगाड हो । गौतमका सहयोगी कमल तामाङसहितका तीन जनाविरुद्ध भने यसअघि नै पाँच मुद्दा दर्ता गरी ब्यूरोले अनुसन्धान थालिसकेको छ । उनले आफ्नो आधार क्षेत्र मेक्सिको बनाई पाँच जना एजेन्टलाई नेपालसहित युनाइटेड अरब इमिरेट्स (युएई), सिङ्गापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलङ्का, कोलम्बिया, ल्याटिन अमेरिकालगायत क्षेत्रमा परिचालन गरी मानव तस्करी गर्ने गरेको पाइएको छ । उनीहरूबाट पीडित बनेका चार जनाको उद्धार गरिएको छ भने अझै दुई जनाको उद्धार गर्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

“बाँकी १३ नेपालीलाई विभिन्न देश पठाउने भनी अलपत्र पारेको उजुरी परेको छ”, उनले भने । उनले अमेरिका पठाउने भनी भ्रमण राहदानीको समेत दुरुपयोग गरेको पाइएको छ । गौतमले नेपाली नागरिकलाई विभिन्न देशमा पुर्याई राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेका थिए । एजेन्टले भने जति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पाइएको छ । गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?