Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२४ कार्तिक २०८३, मंगलवार
२४ कार्तिक २०८३, मंगलवार

महिलालाई शिक्षा र समानताको न्याय आवश्यक :  पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


२३ भदौ, काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली महिलालाई अहिले शिक्षा र समानताको न्याय चाहिएको बताएका छन् । भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कजेलको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशको समस्याकारुपमा रहेको अशिक्षाको प्रभाव महिला वर्गमा परिरहेको उल्लेख गरे ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, “शिक्षित  हुन वा अक्षित प्रत्येक घरका आमा विश्वविद्यालय हुन् । त्यसको लाभ परिवारले मात्र होइन, सम्पूर्ण राष्ट्रले प्राप्त गर्छ ।”

शिक्षाबिना स्वास्थ्य, रोजगारी, वृत्तिविकास, राजनीतिक सहभागीता र जीवनका सम्पूर्ण आयममा पहुँच हुन नसक्ने उल्लेख गर्दै उनले राज्यका सबै फाँटमा उल्लखनीय नेतृत्वदायी भूमिका आवश्यक रहेको विचार व्यक्त गरे ।

संविधानसभा सदस्य निलाम्बर आचार्यले नेपाली महिला क्षमता नभएर होइन, अवसर र प्रेरणा नपाएर पछि परको धारणा व्यक्त गरे ।
उनले भने, “नारीलाई सर्वसुलभ शिक्षा प्रदान गर्न कलेजले महत्वपूर्ण भूमिका खेलेको छ, देशमा रहेर मातृभूमिका लागि योगदान गर्ने शिक्षा लिन र दिन पाउनु आफैमा गौरवको विषय हो ।”

कलेजको स्थापना दिवसका अवसरमा आयोजित ‘असल पुस्ता निर्माणमा हाम्रो अभियान’ विषयक अन्तरक्र्रियामा कलेजका अध्यक्ष रामप्रसाद दाहाल र प्राचार्य सविन पोखरेलले नारी शिक्षा, धर्म तथा संस्कार सबै खाले संकटको अन्त्य गर्ने बताए ।

हाँस्य व्यङ्ग्यकार चटयाङ मास्टर (कृष्णमुरारी गौतम), प्राडा वीणा पौडेल, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने श्रेष्ठ, गायिका अञ्जु गौतमलगायतले शिक्षा समाजको सवैभन्दा सम्मानित विधा भए पनि राज्यका निकायबीच आवश्यक तालमेल नहुँदा अनुशासन, मर्यादा र राष्ट्रप्रेम विद्यार्थीलाई दिन नसकिएको धारणा राखे । उनिहरुले आफनो संस्कृतिप्रति गर्व गर्ने र संस्कार सिकाउने शिक्षाबिना असल र सक्षम पुस्ता निर्माण गर्न कठिन हुने बताए ।

समारोहमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र पूर्वराजदूत आचार्यलाई सम्मानका साथै ज्येष्ठ नागरिक सम्मान गुणराज काफ्लेलाई प्रदान गरियो । प्रमुख अतिथि श्रेष्ठले कार्यक्रममा कलेजमा १५ वर्षदेखि अध्यापनरत चार प्राध्यापकलाई सम्मानपत्र र कलेजमा अध्ययन पुरा गरेका चार छात्रालाई प्रशंसापत्र प्रदान गरे । विसं २०६४ भदौ २४ गते स्थापित उक्त कलेजले छात्रालाई सुलभ शुल्कमा व्यवहारिक र सेवामुलक शिक्षा प्रदान गर्दै आएको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सो अवसरमा कलेजको १७औँ वार्षिकोत्सवको प्रतिक चिह्न र कलेजको वार्षिक मुखपत्र ‘अनामिका’ लोकार्पण गरे । कार्यक्रममा वार्षिकोत्वका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा विजयी छात्रालाई शिल्ड प्रदान गरिएको थियो ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?