Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विश्वका शक्तिशाली राजनीतिज्ञ भारतमा, दिल्लीमा सुरू भयो २० सम्मेलन


२३ भदाै, एजेन्सी । भारतको दिल्लीमा आजबाट जी २० सम्मेलन सुरु भएको छ । जी २० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखको उपस्थिति रहेको छ ।

जी २० सम्मेलन ९ र १० सेप्टेम्बर गरी दुई दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरू एउटै मञ्चमा छन् । २० देशका प्रमुखहरू एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् । जी २० मा १९ देश र एउटा युरोपियन सङ्घ आबद्ध छन् ।

अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका रहेका छन् ।

सो अवसरमा कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी २० देशका अन्य सदस्यहरूलाई स्वागत गरेका छन् । साथै उनले जी २० सम्मेलनमा मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

त्यस्तै उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरूलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?