Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

बाध्यतालाई व्यापार बनाउनेहरु होसियारः अनधिकृत जागिरको विज्ञापन गर्नेमाथि महानगरको नजर र डण्डा !


काठमाडौँ । अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई आज कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले प्रशासनिक जरिवाना तिराएको छ । विभिन्न पदमा रोजगारको अवसर, उल्लेख भएका पर्चामा भएको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर जरिवाना तिराइएको हो । नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईँ र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । महानगरले सडक वा सडकका भित्ता, विजुलीका पोल, रेलिङ्, बार, पार्क, पर्खालजस्ता ठाउँहरुमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ ।

यस व्यवस्थाको वास्ता नगरी सार्वजनिक स्थानमा पर्चाँ टाँँस्ने, सडकमा हिँड्नेलाई वितरण गर्ने व्यक्तिहरु भेटिन्छन् । उनीहरुमध्ये केहीले व्यक्तिगत सामग्री र केही संस्थाहरुको सामग्री तथा सेवाका पर्चा, पम्प्लेट टाँस्ने तथा वितरण गर्ने गरेका छन् ।गणेश आचार्य एस. वी. जब. सर्भिस लिङ्कसँग आवद्ध छन् । यो कम्पनीले मिति नराखी रिसेप्सनिष्ट, क्लिनर, सेक्युरिटी गार्ड, शिक्षक, ड्राइभर, वाइक होल्डर, हाउस किपिङ्जस्ता १६ शीर्षकका पदमा कर्मचारी अर्जेन्ट लेखेर पर्चा निकालेको छ । तलब कम्तीमा १० हजार बढीमा १६ हजारसम्म राखेको छ । कर्मचारी मागको संख्या कम्तीमा ५ जना र धेरैमा २० जनासम्म लेखेको छ । अन्तरवार्ता नहुने, शतप्रतिशत काम हुने पर्चामा उल्लेख छ । काम कसले दिने हो, कम्पनी कस्तो हो, त्यसको विवरण खुलाइएको छैन ।

गएको बुधबार उपप्रमुखको सचिवालयमा रोजगारका नाममा युवायुवती ठगिँदैछन् भन्ने गुनासो टिपाइएको थियो । सचिवालय प्रमुख सौरभ गौत्तमका अनुसार, काम पाइन्छ भनेर कम्पनीमा जानेहरुसँग तलब स्केल देखाएर त्यसवापत शुल्क उठाउने गरेको गुनासो आएको हो । शुल्क उठाउनेहरु वेपत्ता हुन थालेपछि गुनासो आउन थालेको हो । पैसा पनि लगे । कम्पनी भएको कोठा पनि बन्द छ । पहिले कुरा हुने गरेको मोवाइलमा फोन लाग्दैन । गुनासो गर्नेहरुले विवरण टिपाए । यसपछि रोजगारमुलक सामग्रीमाथि महानगर प्रहरी बलले नजर राख्न थालेको हो ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?