Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जापानमा घट्यो तलब


२३ भदाै, एजेन्सी । जापानको मुद्रास्फीति समायोजित वास्तविक ज्याला सूचकाङ्क जुलाईमा अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले घटेको छ । ज्यालादरमा लगातार १६ औं महिनासम्म कमी आएको देखिएको हो ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जारी गरेको प्रारम्भिक तथ्याङ्कअनुसार नाममात्रको ज्याला, आधार र अतिरिक्त समयको तलबसहित प्रति कामदार औसत कूल नगद आय १.३ प्रतिशतले बढेर करिब दुई हजार ५८६ अमेरिकी डलर पुगेको छ ।

आधारभूत तलबसहित नियमित तलब १.६ प्रतिशतले बढेको छ भने अतिरिक्त समयको तलब र अन्य गैरनियमित तलब ०.५ प्रतिशतले बढेको छ भने बोनससहितको विशेष तलब ०.६ प्रतिशतले बढेको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा ३.९ प्रतिशतले वृद्धि भएको छ । यसले आवास सेवाहरू र अन्य व्यवस्थापनको लागि अण्डा र घरेलु सुँगुरको मासुसहित खानामा बढेको उच्च मूल्यहरू प्रतिबिम्बित गर्दछ ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?