Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

ठेक्का सम्झौता भएको दुई वर्षपछि सडक निर्माण सुरु


२३ भदौ, म्याग्दी । ठेक्का सम्झौता भएको दुुई वर्षपछि मुुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुरु भएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक विस्तार र कालोपत्र गर्न विसं २०७८ असोज ४ गते ठेक्का सम्झौता भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख प्रजापतिले ठेक्का सम्झौता भएको दुुई वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको सडक विस्तारको काम थालेको जानकारी दिए । १३ किलोमिटर दूरीको जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न रौताह–आत्रेय जेभीले रु २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

“अठार महिनाको ठेक्का अवधिको म्याद थियो”, उनले भने, “धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुई वर्षपछि ठेकेदारले दुुई सय जना मजदुुरका साथै उपकरण परिचालन गरेर प्रारम्भिक चरणको काम सुुरु गरेका छन् ।”

लागत अनुुमानभन्दा आधा बढी रकम घटेर ठेक्का पारेको निर्माण कम्पनीले काम गर्न आनाकानी गरेपछि आयोजनाले कालोसूचीमा राख्ने चेतावनी दिएको थियो । यसअघि थप भएको छ महिनाको म्याद पनि आगामी असोज ३ गते सकिँदैछ । यो आयोजनाको हालसम्मको प्रगति एक चौथाइभन्दा कम छ ।

यसअघि नै ग्राभेल भइसकेको जोमसोम–कागबेनी सडकको ग्रेड मिलाउने, विस्तार गर्ने, मेसिनरी, ग्यावीयन पर्खाल गर्ने, माटो कटिङ, फिलिङ, नाली निर्माण, चौडा र कालोपत्र गर्न ठेक्का लगाइएको थियो । मुख्य जिम्मेवारी लिएको आत्रेयले अलपत्र बनाएको योजना साझेदारमध्येको रौताह निर्माण कम्पनीले काम अघि बढाएको हो । यो सडक कालोपत्र भएमा मुुस्ताङका बासिन्दाका साथै कागबेनी, मुक्तिनाथ तीर्थयात्रामा आउने भक्तजन र पर्यटकलाई सहज हुने बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले बताए ।

जोमसोमदेखि चीनको सिमानामा रहेको कोरला नाका जोड्ने आठ वटा खण्डको एक सय १० किलोमिटर दूरीको सडकमध्ये छ वटा प्याकेजको ७५ किमी दूरीको सडक विस्तार र ग्राभेल गर्ने काम सकिएको छ । २५ किलोमिटर दूरीको चराङ–छोसेर खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ । यो खण्ड स्तरोन्नति सकिएपछि जोमसोमदेखि कोरला नाका जोड्ने सबै खण्डको सडक गाभ्रेल हुने योजना प्रमुख प्रजापतिले बताए ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?