Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता


२२ ,भाद्र ,खाँदबारी । सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ ।

प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुड र पवनकुमार महतो, कारागार सुरक्षा गार्डद्वय दमनसिंह राई र नुसन राईविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता सन्तोषप्रसाद भण्डारीले जानकारी दिए ।

यसैगरी सरकारी वकिल कार्यालयले कैदीहरु राम कार्की, अनिस शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाडविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

कारागारको झ्याल काटेर भाग्न खोजेपछि गत साउन २४ गते दुईजना कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट सङ्खुवासभाको मादीका विनोद तोलाङ्गी र नुवाकोटको ककनीका आकाश बलामीको मृत्यु भएको थियो ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?