Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’ भन्दै तरूण दलले गर्यो सरकारको विरोध


२२ भदाै, काठमाडाैँ । नेपाली कांग्रेस निकट युवा संगठन, नेपाल तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ । सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरूण दलले विरोध प्रदर्शन गरेको हो ।

काठमाडाैँको रत्नपार्कबाट सुरू गरिएको विरोधमा संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको थियो । उनीहरूले सहमहामन्त्री यादवमाथि नियोजित रूपमा आक्रमण गरिएको समेत बताएका थिए ।

प्रदर्शनमा सहभागीहरूले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’, ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’जस्ता नारा समेत लगाएका थिए ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?