Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

चिनियाँ प्रधानमन्त्रीले गरे विकासोन्मुख देशको ऋण समस्या समाधानको आह्वान


२२ भदाै, एजेन्सी । चीनका प्रधानमन्त्रीले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गरेका छन् । साथै उनले सुरक्षाको अवधारणालाई बढावा दिने तथा आर्थिक मुद्दालाई राजनीतिकरण गर्ने अभ्यासको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताएका छन् ।

इन्डोनेशियाको राजधानी जकार्तामा भएको दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान) को ४३ औँ शिखर सम्मेलनका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भएको भएको भेटवार्तामा चिनियाँ प्रधानमन्त्री ली छ्याङलेसंयुक्त भार बाँडफाँडको सिद्धान्तका आधारमा विकासोन्मुख देशहरूको ऋण समस्यालाई सक्रियताका साथ सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरे ।

चिनियाँ प्रधानमन्त्री लीले विश्वव्यापी आर्थिक शासन प्रणालीको सुधार र अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूमा विकासोन्मुख देशहरूको प्रतिनिधित्व र आवाजलाई प्रभावकारी रूपमा बढाउनु आवश्यक भएको बताए ।

यसैबीच, इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले ४३औँ आसियान शिखर सम्मेलनले दक्षिणपूर्वी एसियाली देश र तिनका साझेदारमाझ सकारात्मक ऊर्जा प्रवाह गरेको बताएका छन् । जकार्ता सम्मेलन केन्द्रमा ४३औँ आसियान शिखर सम्मेलनको समापन मन्तव्य व्यक्त गर्दै उहाँले सम्मेलनमा उपस्थित सबै देशका नेता र अतिथिको प्रशंसा गरे ।

“पछिल्ला तीन दिनमा हामीले १२ वटा शिखर सम्मेलन, ९० वटा दस्तावेज, आसियान साझेदारहरूसँग ठोस सम्झौता मात्र गरेनौँ सम्मेलनका क्रममा मैले उपस्थित सबैबाट सकारात्मक ऊर्जा प्रवाह भएको महसुस गरें ।  म विश्वासका साथ भन्न सक्छु कि आसियानलाई शान्तिपूर्ण, स्थिर र समृद्ध क्षेत्र बनाउने भावनालाई सुदृढ बनाउँछ,” राष्ट्रपति विडोडोले भने ।

राष्ट्रपति विडोडोले लाओ जनवादी लोकतान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोने सिफान्डानेलाई आसियानको अध्यक्षताको प्रतीक हथौडी हस्तान्तरण गरे । आसियको अध्यक्षता लाओसमा सरेसँगै आगामी वर्ष उक्त देशमा सङ्गठनको ४४ औँ शिखर सम्मेलन आयोजनाको दायित्व सोही देशको हुनेछ ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?