Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

चितवन मेडिकल कलेजमा आध्यात्मिक पुस्तकालय


२२ भदौ, चितवन । विद्यार्थीलाई अध्यात्मिक ज्ञान र ध्यानमार्फत उनीहरुमा स्फूर्ति ल्याउने उद्देश्यसहित चितवन मेडिकल कलेजले आध्यात्मिक पुस्तकालय सुरु गरेको छ ।

कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान दिन पुस्तकालय स्थापना गरिएको बताए । विद्यार्थीलाई असल चरित्रसँगै स्वास्थ्यसम्बन्धी विज्ञ बनाउन र उनीहरुमा पढाइका क्रममा हुने तनावबाट मुक्ति दिन पुस्तकालय सञ्चालन गरिएको उनको भनाइ छ ।

पुस्तकालयमा वैदिक सनातन धर्मले दिएको शास्त्रको समेत अध्ययन गराइने छ । कलेजका विद्यार्थी, कर्मचारी र प्राध्यापकलाई समेत उपयोगी हुने गरी पुस्तकालय सञ्चालनमा ल्याइएको हो । हरिक दिन बिहान ५ः३० बजेदेखि ७ः३० बजेसम्म र साँझ ४ः३० बजेदेखि ६ः३० बजेसम्म पुस्तकालय सञ्चालनमा आउने छ । सो समयमा विद्यार्थीलाई आध्यात्मिक चिन्तनसँगै ध्यान गराइने छ । विशेषज्ञ व्यक्तिले आलोपालो गरी सहजीकरण गर्ने उनले जानकारी दिए ।

यससँगै नियमितरुपमा भागवत गीताको कक्षा पनि सञ्चालन हुनेछ । एक पटकमा ७० जनाले पुस्तकालयमा बसेर ज्ञान आर्जन गर्न सक्नेछन् । पुस्तकालयमा बहुउपयोगी पुस्तकसमेत राखिएका छन् ।

कलेजमा एक हजार एकसय ९२ विद्यार्थी अध्ययनरत छन् । कलेजका शैक्षिक उपनिर्देशक अरुण कोइरालाका अनुसार त्यहाँ स्नातक तहमा आठ वटा, स्नातकोत्तरतर्फ एमडी र एमएसमा १५ वटा, डिएममा छ वटा र एमसिएचमा तीन वटा कार्यक्रम सञ्चालनमा रहेका छन् ।

कलेज भरतपुर महानगरपालिका-५ कैलाशनगरमा छ । कलेजले पुस्तकालय स्थापना हुनुअघि पनि समय समयमा सकारात्मक सोचसँग सम्बन्धित (मोटिभेसन) कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले मेडिकल शिक्षा लिने विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरुलाई आध्यात्मिक ज्ञान र ध्यानमा केन्द्रित गर्नसके पढाइमा पनि सफलता मिल्ने बताए । उच्च शिक्षा अध्ययनपछि कार्यक्षेत्रमा जाँदै गर्दा सकारात्मक सोचको विकास भएकाहरुले राम्रो सेवा दिन सक्ने उनको भनाइ छ । पछिल्ला वर्षहरुमा नकारात्मक चिन्तनको विकास भएको भन्दै उनले शिक्षालय र घरमा अभिभावकले विद्यार्थीलाई सकारात्मक सोचतर्फ प्रेरित गर्नुपर्ने बताए ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?