Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रसायन कारखानमा ग्यास चुहिँदा १० जनाको मृत्यु


२२ भदाै, एजेन्सी । उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।

घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले जनाएको छ । ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको थियो । सिसिटिभीले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ ।

कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुनेगरेका छन् । यो वर्षको शुरुमा इनर मङ्गोलियाको एउटा कोइला खानीमा दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका थिए । हालै उत्तरपश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेनागृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियोभने सात जना घाइते भएका थिए ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?