Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गरिने


२१ भदाै, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्याएका नौ जना विशेष महिला व्यक्तित्वहरूलाई नगद २ सय ५० डलरसहित सम्मान-पत्रले सम्मानित गर्न लागेको हो ।

नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो), ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी-समाजसेवा),माया गुरूङ् ( साहित्य – बेलायत),रीतादेवी प्रधान (क्यालिफोर्निया- साहित्य),शान्ता घिमिरे (न्यूजर्सी- साहित्य), डा. संगीता स्वेच्छा (साहित्य-बेलायत) र सुनिता डंगोल (उपमेयर – काठमाडौं, समाजसेवा) रहेका छन् । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?