Trending
>>   भियतनाममा क्रूज जहाज दुर्घटनामा ३७ जनाको मृत्यु भएको पुष्टि >>   ४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध शक्ति दुरुपयोग सम्बन्धी मुद्दा दर्ता >>   दक्षिण कोरियामा भीषण वर्षापछिको बाढी र पहिरोमा ५ जनाको मृत्यु >>   सिरियाद्वारा राष्ट्रव्यापी युद्धविरामको घोषणा >>   सिरियाली अन्तरिम नेताद्वारा एकताको आह्वान >>   टर्किएले फिर्ता ल्यायो अमेरिकाबाट लुटिएको रोमन सम्राटको मूर्ति >>   इमान्दार र जिम्मेवार इन्जिनियरहरुको खाँचो छः उपप्रधानमन्त्री सिंह >>   भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन : एमाले
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

सभामुख घिमिरेसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट


२१ भदौ, काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज बिहान भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे । “आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनमा अझ फराकिलो र गहिरो बन्दै गएकामा खुसी लागेको छ”, उनले भने ।

नेपाली विद्यार्थीको ठूलो सङ्ख्या अष्ट्रेलियामा रहेको बताउँदै सभामुख घिमिरेले उनीहरुको शैक्षिक वृत्ति विकासबारे चासो लिएका थिए । राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै उनले क्यानबेरामा बढी बोलिने भाषामा नेपाली तेस्रो स्थानमा रहेकोसमेत जानकारी गराइन् ।

राजदूत भोल्कले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै गएको वैशाखमा अष्ट्रेलियाका सहायक विदेश मामिलामन्त्री टिम वाट्सले नेपाल भ्रमण गरेको स्मरण गराइन् । उनले आगामी अक्टोबरमा अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएकी थिइन् ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?