Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

अब हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? : गगन थापा


२१ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि कुखुरी प्रहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले यो घटना लुकाउने प्रयास भइरहेको टिप्पणी गर्दै सुक्ष्म अनुसन्धानको माग समेत गरेका छन्  ।

उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई काठमाडौंमा सांसदले एक्लै हिँड्न नसक्ने अवस्था आएको भन्ने प्रश्न समेत राखेका छन् ।

‘एउटा सन्काहा सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण हुँदैछ, यसलाई थामथुम पर्ने, सामसुम पार्ने कोसिस हुँदैछ । म सरकारलाई सचेत र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यो विषयमा गहिरो अनुसन्धान होस्, योसँग जोडिएका सबै पक्ष पनि उजागर होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु के अब हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ । हामी एक्लै हिँड्न हुने होकि नहुने हो ?’


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?