Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अब हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? : गगन थापा


२१ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि कुखुरी प्रहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले यो घटना लुकाउने प्रयास भइरहेको टिप्पणी गर्दै सुक्ष्म अनुसन्धानको माग समेत गरेका छन्  ।

उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई काठमाडौंमा सांसदले एक्लै हिँड्न नसक्ने अवस्था आएको भन्ने प्रश्न समेत राखेका छन् ।

‘एउटा सन्काहा सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण हुँदैछ, यसलाई थामथुम पर्ने, सामसुम पार्ने कोसिस हुँदैछ । म सरकारलाई सचेत र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यो विषयमा गहिरो अनुसन्धान होस्, योसँग जोडिएका सबै पक्ष पनि उजागर होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु के अब हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ । हामी एक्लै हिँड्न हुने होकि नहुने हो ?’


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?