Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अलविदा मुुकुन्द रिजालः सरस्वती क्याम्पसबाट नेविसंघ,जनआन्दोलमा प्रहरीको हिरासतदेखि चर्चित वडाध्यक्षसम्म !


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उपचारका क्रममा उहाँको आज विहान ०७ः३० बजे निधन भएको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उहाँलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो

वि.सं.२०२७ कार्तिकमा जन्मनु भएका स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । विसं २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उहाँ प्रहरीको हिरासतमा रहनु भएको थियो । स्वर्गीय रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ को क्षेत्रीय सभापति र कामनपा—१६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित हुनु भएको थियो ।

सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आउनु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको छ । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहनु भएका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?