Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

खोप लगाउँदै मुस्लिम समुदायका बालबालिका


२० भदौ, बाँके । बाँकेको नेपालगन्जमा मुस्लिम समुदायका बालबालिकाले पनि खोप लगाउन थालेका छन् । समुदायमा आएको स्वास्थ्यसम्बन्धी सचेतता र जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका धर्मगुरुलगायतले उनीहरुका अभिभावकलाई खोप लगाउनुको फाइदाका बारेमा जानकारी दिएपछि बालबालिकाले खोप लगाउन थालेका जिल्ला स्वास्थ्य कार्यालय बाँकले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ३, ४, ५, ६, ७ र १४ मा रहेका अधिकांश मुस्लिम समुदायका बालबालिकाले खोप लगाउन थालेका कार्यालयका खोप फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । “करिब १० प्रतिशत मुस्लिम समुदायका बालबालिका खोपको अवसरबाट वञ्चित भएका थिए”, उनले भने, “अहिले खोप लगाउन सुरु भएको छ ।”

फेकलपर्सन श्रेष्ठका अनुसार नेपालगन्जमा दादुराको महामारी देखिएपछि पनि बालबालिकालाई खोप लगाउनुपर्छ भन्ने मानसिकताको विकास भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले खोप लगाउनुका फाइदाका बारेमा जानकारी गराएपछि मुस्लिम समुदायको सक्रियतामा बालबालिकाले खोल लगाएकोमा खुसी व्यक्त गरे । नेपालगञ्जकी तरोन्नम बानोले खोपको महत्व र आवश्यक्ता बुझेपछि बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिँदै अहिले अधिकांश बालबालिकाले खोप लगाएको बताए ।

बालरोग विशेषज्ञ डा. सकिल अहमद विगत भन्दा अहिले फरक भएकाले खोप नलाएका कारण आउने बिरामी घटेको जानकारी दिए । उनले अभिभावकको खोपप्रति धारणा परिवर्तन भएको बताए । उपमहानगरपालिका–३ का फैजुनब्बी जामा मस्जिदका इमाम मुफ्ती मोहम्मद जाफर रजाले मुस्लिम समुदायको आचारसंहिता (शरियत) का अनुसार खोप लगाउनु अवैध मानिए पनि पछिल्लो समय विभिन्न रोगको सङ्क्रमण बढ्दै गएकाले स्वास्थ्यका दृष्टिकोणले खोप लगाउन थालिएको बताए ।

खोप लगाउनुको उद्देश्य भनेको निश्चित रोग लाग्नबाट बचाउने वा लागे पनि त्यसलाई गम्भीर हुन नदिने भएकाले सबैले अनिवार्य खोप लगाउनुपर्ने खोप फोकलपर्सन श्रेष्ठले बताए । उनका अनुसार बिसिजी, डिपिटी, पिसिभि, दादुरा, रुबेला, जापनीज इन्सेफ्लाइटिस, पोलियोलगायतका खोप बालबालिकालाई लगाउने गरिन्छ ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?