Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

भारत र पाकिस्तानविरूद्ध खेलेर फर्किएको नेपाली टोलीको भव्य स्वागत


२० भदाै, काठमाडाैँ । पहिलो पटक एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार दिउँसो स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमान स्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी र सर्मथकले स्वागत गरेका थिए ।

एसिया कपको समूह ‘ए’बाट प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । नेपालले समूहमा पहिलो पटक विश्व वरीयताको शीर्ष टोली पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतसँग प्रतिस्पर्धा गरेको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग डकवर्थ लुइसको नियमका आधारमा १० विकेटले पराजित भएको थियो ।

यद्यपी पाकिस्तानसँगको तुलनामा नेपालले भारतसँग उत्कृष्ट प्रदर्शन गरेको थियो । ब्याटिङमा महाशक्ति भारतसँग निडर प्रदर्शन गरेपछि नेपाली टोलीको चर्चा विश्वभर चुलिएको थियो ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?