काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।
यादवलाई अस्पताल लगिएको छ । यादवलाई अहिले ट्रमा सेन्टरमा पुर्याईएको छ ।यादवमाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार