Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब ६७ करोड दाबी भुक्तानी


२० भदौ, काठमाडाैँ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु पाँच अर्ब ६७ करोड दाबी भुक्तानी गरेको छ । कोषले विभिन्न योजना सञ्चालन गरेबापत ९८ हजार पाँच सय ७३ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरेको हो ।

योगदानकर्ताको जीवनमा आइपर्ने स्वास्थ्य जोखिम कम गर्न तथा आयको निरन्तरताका लागि चार प्रकारका योजना सञ्चालनमा ल्याएको कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ४० हजार तीन सय ८७ योगदानकर्तालाई रु ६५ करोड ८२ लाख ५० हजार र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत दुई हजार ३१ श्रमिकलाई रु सात करोड ८० लाख ८७ हजार भुक्तानी गरेको छ ।

यसैगरी आश्रित परिवार सुरक्षा योजनाबापत तीन सय ९३ योगदानकर्ताले रु नौ करोड २० लाख र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत रु चार अर्ब ८४ करोड ३२ लाख १७ हजार भुक्तानी लिएका छन् । हालसम्म रु ४१ अर्ब एक करोड योगदान सङ्कलन भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

कोषमा सात लाख ५७ हजार योगदानकर्ता सूचीकृत भएका छन् । औपचारिक क्षेत्रका चार लाख ४१ हजार पाँच सय ७६, वैदेशिक क्षेत्रका तीन लाख एक सय ५४ हजार चार सय ७७, अनौपचारिक क्षेत्रका एक र स्वरोजगार क्षेत्रका १९ जना श्रमिक तथा  १८ हजार दुई सय ५२ रोजगारदाता आबद्ध भएका छन् ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?