Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सामाजिक क्षेत्रमा महानगरका कामको समीक्षा: गएको बर्ष ४३.४९ प्रतिशत वित्तिय र ४५.९४ प्रतिशत भौतिक प्रगति


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले आर्थिक बर्ष २०७९÷०८० मा सम्पादन गरेका कामको सामाजिक विकास समितिमा समीक्षा गरेको छ । आज समितिका संयोजक रामकुमार के. सी. को अध्यक्षतामा बसेको बैठकमा सम्पन्न आर्थिक बर्षको समीक्षा गर्दै चालु आर्थिक बर्षको कार्यक्रम कार्यान्वयनका विषयमा छलफल भयो ।

बैठकको पहिलो सत्रमा गरिएको समीक्षापछि बोल्दै संयोजक के. सी. ले, चालु आर्थिक बर्षमा प्रगति प्रतिशतलाई उच्च स्थानमा पु¥याउने गरी काम थाल्न विभागलाई निर्देशन दिनुभयो । ‘कार्यान्वयनमा लैजान कुनै असजिला ठाउँ छन् भने त्यसको विषयमा आज नै कुरा गरौँ ।’ उहाँले भन्नुभयो, ‘विभागले कार्यान्वयन गर्नु पर्ने महानगर गौरवका योजना र स्वर्णिम योजनाका विषयमा स्पष्ट हुनु पर्ने भए, प्रक्रिया मिलाउनु पर्ने भए त्यो काम गर्नु प¥यो । नियमित कार्यक्रमलाई तत्काल कार्यान्वयनमा लैजानु प¥यो ।’

बैठकमा समितिका सदस्यहरु, राजेन्द्रकुमार श्रेष्ठ, महेश नेपाली र ललिता खड्गीले, सामाजिक सुरक्षा र समावेशीकरण, लैङ्गिक समानता, उद्यमशीलता, खेलकुदलगायत क्रियाकलापबाट नागरिकसँग जोडिनु पर्ने धारणा राख्नुभयो । विभागले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्नु पर्नेछ । सामाजिक विकासका कार्यक्रमबाट पछाडि परेका तथा सहरी गरिवीको रेखामुनि रहेका व्यक्तिहरुको जीवनस्तरमा सुधार ल्याउनु पर्नेछ । यी काम महानगरका दायित्वभित्र पर्ने काममध्ये महत्वपूर्ण काम हुन् । उहाँहरुले साझा धारणा राख्दै भन्नुभयो, विभाग रातदिन जागा रहनु पर्ने बेला आएको छ ।

‘गएको बर्षका सिकाइलाई चालु आर्थिक बर्षका कार्यक्रम कार्यान्वयनमा उपयोग गरिनेछ । विभागअन्तर्गत स्वीकृत कार्यक्रम कार्ययोजना सामाजिक समितिमा छलफल गराएर कार्यान्वयन निर्णय प्रक्रियामा लगिनेछ ।’ कार्यक्रम सञ्चालनमा विषयमा योजना सुनाउँदै समितिका सदस्य सचिव एवं विभागका प्रमुख गोपालप्रसाद पोखरेलले भन्नुभयो, ‘क्षेत्रगत सहभागितामा गर्नु पर्ने, आधारका लागि अध्ययन गर्नु पर्नेलगायतका प्रक्रियाबाट कार्यान्वयनमा जानेछन् । यसका लागि विभागले वार्षिक कार्ययोजना तयार पारिसकेको छ ।’

बैठकमा तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले, गएको बर्ष विभागबाट सम्पन्न गरिएका काम सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँका अनुसार आ. व. २०७९÷०८० मा विभागले ४३.४९ प्रतिशत वित्तिय र ४५.९४ प्रतिशत भौतिक प्रगति प्राप्त गरेको छ । ‘यस बर्ष १६६ वटा कार्यक्रम थिए । आन्तरिकतर्फका ६३ र सशर्ततर्फ १०३ वटा कार्यक्रमका लागि ८२ करोड, १६ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।’ तिवारीले भन्नुभयो, ‘यी कार्यक्रममध्ये आन्तरिकतर्फ २४ वटा र सशर्ततर्फ २३ वटा कार्यान्वयन भए । प्रतिशतमा हेर्दा आन्तरिकतर्फ ३५.६५ प्रतिशत वित्तिय र ३५.९६ प्रतिशत भौतिक तथा सशर्ततर्फ ७०.९५ प्रतिशत वित्तिय र ७२.६५ प्रतिशत भौतिक प्रगति भएको छ ।’


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?