Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

मानव बेचविखनविरुद्ध एकजुट हुन अध्यक्ष ओलीको आह्वान


२० भदौ, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध एकजुट हुन सबैमा आह्वान गरेका छन् । आज ‘मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस’का अवसरमा उनले दिएको सन्देशमा मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना र सक्रियता आवश्यक रहेको उल्लेख गरेका छन् ।

“मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचबिखनको नियन्त्रण तथा त्यस अपराधका पीडित प्रभावितको उद्धार, पुनःस्थापना स्वदेश फिर्ती, सामाजिक पुनःमिलन र न्यायमाथि उनीहरूको पहुँच सुनिश्चित गर्न कानुनी प्रबन्ध मात्रले पुग्दैन”, अध्यक्ष ओलीद्वारा जारी सन्देशमा भनिएको छ, “त्यसका लागि सचेत सामाजिक अभियान र दबाबको आवश्यकता पर्दछ । मानव बेचबिखनका घटनाको नियन्त्रणका लागि आवश्यक कानुनको संशोधन, परिमार्जन गर्न र मानव बेचबिखन नियन्त्रणका लागि भरपर्दो संरचनागत आधार निर्माण गर्न सरकार अग्रसर रहनु पर्दछ ।”

अन्तरदेशीय सङ्गठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारका घटना अहिले पनि कम हुन नसकेको उल्लेख गर्दै उनले नेपालमा पनि अमानवीय समस्याबाट प्रभावित भएको र अपराधजन्य यस कार्यका संलग्न पक्षले समाजमा रहेको गरिबी, बेरोजगारी र पछौटेपनको फाइदा उठाइरहेको अध्यक्ष ओलीको भनाइ छ ।

मानव बेचबिखन कार्यका संलग्नलाई कानुनको दायरामा ल्याएर दण्डित गर्ने र पीडित÷प्रभावितको उद्धार, स्वदेश फिर्ती, पुनःस्थापना, पुनःमिलन र राहत तथा क्षतिपूर्ति प्रदान गर्र्ने काम प्रभावकारी हुन नसकेको उनले बताए । विगतमा खुला सिमानाका कारण छिमेकी देश भारतमा यौन शोषणका लागि मानव बेचबिखन हुने गरेकामा केही वर्षयता नेपालको आन्तरिक बजार (मनोरञ्जन क्षेत्र) र वैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनका क्रममा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना हुने गरेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?