Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

आफ्नै कोठामा महिलालाई बलात्कार गरेको आरोपमा डाक्टर राई पक्राउ


२० भदाै, काठमाडाैँ । जबरजस्ती करणी गरेको अभियोगमा हेटौँडाका एक निजी अस्पतालका सञ्चालक समेत रहेका डा. बसिम राईलाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौँडा १ स्थित सिटी अस्पतालका सञ्चालक राईलार्ई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका घर भई हेटौँडामा डेरा गरी बस्दै आएका ३६ वर्षीय राईले आफ्नै डेरा कोठामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डा. राईले आफ्नै डेरा कोठामा सोमबार राति जबरजस्ती करणी गरेको भन्दै महिलाले प्रहरी कार्यालयमा मङ्गलबार उजुरी दिएका आधारमा राईलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार महिलाले प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएपछि राईलाई मङ्गलबारनै पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट मङ्गलवारबाट लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?