Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

आफ्नै कोठामा महिलालाई बलात्कार गरेको आरोपमा डाक्टर राई पक्राउ


२० भदाै, काठमाडाैँ । जबरजस्ती करणी गरेको अभियोगमा हेटौँडाका एक निजी अस्पतालका सञ्चालक समेत रहेका डा. बसिम राईलाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौँडा १ स्थित सिटी अस्पतालका सञ्चालक राईलार्ई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका घर भई हेटौँडामा डेरा गरी बस्दै आएका ३६ वर्षीय राईले आफ्नै डेरा कोठामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डा. राईले आफ्नै डेरा कोठामा सोमबार राति जबरजस्ती करणी गरेको भन्दै महिलाले प्रहरी कार्यालयमा मङ्गलबार उजुरी दिएका आधारमा राईलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार महिलाले प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएपछि राईलाई मङ्गलबारनै पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट मङ्गलवारबाट लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?