Trending
>>   जलविद्युत परियोजनाको बीमाका सवालमा धैरै गुनासा छन्ः अध्यक्ष ओझा >>   पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन >>   देशलाई सङ्कट पर्दा सबै एक ठाउँमा आएर निकास दिनु सबैको कर्तव्यः मन्त्री ठकुरी >>   नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस् >>   उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न, असार दोस्रो साता पूर्ण बैठक बस्ने >>   नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरणः मन्त्री गुरुङ >>   कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने >>   पुल सुधार तथा मर्मत कार्यक्रमका लागि २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण… >>   बैंकमा निक्षेप बढेको बढ्यै, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक >>   सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैनः अध्यक्ष महर्जन
Logo
४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

कसरी पाउने निरन्तर टाउको दुख्ने समस्याबाट मुक्ति ?


काठमाडाैँ । अहिले मानिसहरू धेरै कारणले तनावमा हुन्छन् । यसैका कारण कोहीमा सँधै टाउको दुख्ने समस्या पनि देखिइरहेको हुन्छ ।

तर, टाउको दुख्ने समस्याको कारण सँधै तनाव मात्रे पनि नहुन सक्छ । हाम्रा नियमित आचरण र बानिव्यवहारले पनि टाउको दुखिरहेको हुन सक्छ । सँधै टाउको दुख्ने समस्याबाट छुटकारा पाउन  विज्ञहरूले केही टिप्सहरू दिएका छन् । हेराैँ के छन् ति टिप्स :

१. कोल्ड प्याक प्रयोग गर्ने

यदी तपाईंलाई माइग्रेन छ भने निधारमा चिसो प्याक राख्दा आराम हुन सक्छ । यसका लागि पानीमा भिजाएको ताैलिया र आइस क्यूब राम्रो उपाय हुन सक्छ । त्यसका साथै नुहाउँदा पनि कोल्ड प्याकको मात्रा पुग्ने बताइएको छ ।

१५ मिनेटसम्म निधारमा कोल्ड प्याक राख्ने र त्यसपछि ब्रेक लिँदा टाउको दुखाइ कम हुँदै जान्छ ।

२. मानसिक दबाब कम गर्नुहोस्

कामका क्रममा हुने तनावको अवस्थाले मानसिक दबाब सिर्जना गरिरहेका हुन्छन् । त्यसैले काम र घरको अवस्थालाई भिन्न गर्नु पर्दछ । कार्यालयबाट घर गइसकेपछि कार्यालयको काम नगर्नु मानसिक दबाब कम गर्दै टाउको दुखाइ कम गर्ने महत्वपूर्ण तरिका हो ।

३. मधुरो बत्ति (लाइट) प्रयोग गर्नुहोस् 

धेरै उज्यालो बत्ति वा झिलिमिली प्रकाश तपाइको टाउको दुखाइको कारण बन्न सक्छ । त्यसैगरी, धेरै समय कम्प्युटर स्क्रिनमा बिताउँदा पनि टाउको दुख्ने समस्याको कारण बन्न सक्छ । यदी टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि धेरै चम्किलो बत्ति नबाल्ने, झिलिमिलि बत्तिबाट टाढा रहने र स्क्रीन टाइम कम गर्न सकिन्छ ।

यदी स्क्रिनको धेरै प्रयोग गर्ने नै काम छ भने कम्प्यूटरमा एन्टि-ग्लेयर स्क्रिनहरू राख्न सकिन्छ । जसले स्क्रिनबाट निस्किने हानीकारक प्रकाशको असर कम गर्न मद्दत गर्छन् ।

४. चुइगम नखाने

चुइगमले तपाईको बङ्गारा मात्र होइन तपाईको टाउकोमा चोट पुर्याउन सक्छ । त्यसका साथै धेरै चपाइराख्ने र कडा खालका खानेकुराहरू जस्तै, छुर्पी, सुपारी खाँदा पनि टाउको दुख्ने समस्या निम्तिन सक्छ । यदी यो समस्याबाट छुटकारा पाउने हो भने यस्ता चीजहरू प्रयोग गर्न बन्द गर्नु नै उत्तम हुन्छ ।

५. चिया, कपी र पानी

शरीरमा तरल पदार्थको मात्रा पूर्ति गर्न चिया, कफी र पानीको सेवन गर्न सकिन्छ । तर, कफी र चिया भने सुत्नुभन्दा ४ घण्टा अगाडीसम्म नखानु नै उत्तम हुन्छ । यदी दिउँसको समयमा टाउको दुखेको छ भने चिया र कफी सेवन गर्दा टाउको दुखाइ कम हुन सक्छ ।

तर, सुत्ने समयमा टाउको दुखेको अवस्थामा भने मनतातो पानी वा सामान्य पानी पिउनु फाइदाजनक हुन्छ ।

एजेन्सीको सहयोगमा


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?