Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ : मन्त्री राई


१९ भदौ, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा टेबुल हुने बताएका छन् ।

विधेयकमा आफूहरुको मुद्दा सम्बोधन गरी छिटो ल्याउन ध्यानाकर्षण गर्न आज सिंहदरबारस्थित कार्यकक्षमा पुगेको नेपाल शिक्षक महासङ्घको टोलीलाई उनले उक्त जानकारी गराएको महासङ्घका अध्यक्ष कमला तुलाधरको नेतृत्वको टोलीमा सहभागी नेपाल विद्यालय परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए ।

उक्त विधेयक एक महिनाअघि मन्त्रिपरिषद्बाट पारित भए पनि सरोकारपक्षको विरोधका कारण मन्त्रिपरिषद्मै पुनः विचारको स्थितमा छ । विधेयकमा समेटिनुपर्ने सरोकारवालाका विषयलाई सम्बोधन गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता संयुक्त राज्य अमेरिका जाँदै छन् ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?