Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

शेयर बजार आज पनि ओरालो


१९ भदाै, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६१ दशमलव ३७ मा सीमित भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ७७ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।

विभिन्न कम्पनीका २४ लाख ८० हजार नौ सय २९ कित्ता शेयर रु ७९ करोड ६८ लाख ७० हजार चार सय आठ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ५८ लाख ९७ हजार सात सय ९३ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा साल्ट ट्रेडिङ कर्पोरेसन रु दुई करोड ९५ लाख ८५ हजार चार सय ६५, आइएमई लाइफ इन्स्योरेन्स रु दुई करोड ८२ लाख ४१ हजार सात सय ५४, घोराही सिमेन्ट रु दुई करोड ८० लाख ४५ हजार पाँच सय ७० र एभरेष्ट बैंक रु दुई करोड ३६ लाख २९ हजार तीन सय २१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । नेरुडे लघुवित्त नौ दशमलव ८५, इन्ग्वा हाइड्रोपावर सात दशमलव ३२, साञ्जेन जलविद्युत् कम्पनी छ दशमलव ४८ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ३९ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, आरबिबी म्युचुअल फन्ड  १०, लिबर्टी इनर्जी नौ दशमलव ९८, आशा लघुवित्त सात दशमलव ६१, आत्मनिर्भर लघुवित्त सात दशमलव १९ र बाराही हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?