Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपाली क्रिकेट टोलीलाई पूर्वराष्ट्रपति भण्डारीले दिइन् बधाई


१९ भदौ, काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले एसिया कपको आफनो पहिलो सहभागितामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै खेलाडी, प्रशिक्षक एवम् नेपाल क्रिकेट सङ्घ (क्यान)लाई बधाई दिएकी छन् ।

पाकिस्तान र श्रीलङ्कामा भएको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विश्व वरियतामा शीर्ष स्थानमा रहेका पाकिस्तान र भारतजस्ता बलिया टोलीसँग उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्व क्रिकेटप्रेमीको मन जित्न सफल भएकोमा पूर्वराष्ट्रपति भण्डारीले बधाई दिएकी हुन् । उनले यस किसिमको उत्कृष्ट खेल प्रदर्शनले नेपालको क्रिकेट खेलको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गर्दै क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सकेमात्र क्रिकेट खेलले थप व्यावसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाले क्रिकेटलगायत समग्र नेपाली खेलकुदको विकासमा थप लगानी गर्न आवश्यक रहेको बताइन् । एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तान र भारतसँग पराजित भए पनि नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले मलेसियामा जारी आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली महिला टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेकामा बधाई दिँदै थप सफलताको कामना गर्नुभएको छ । उक्त प्रतियोगितामा नेपाल लगातार चौथो जित निकाल्दै सेमिफाइनल पुगेको छ । उक्त प्रतियोगितामा समूह ‘ए’ मा रहेको नेपालले कतारलाई नौ विकेट, घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?