Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ताइवानी राष्ट्रपति इस्वाटिनी भ्रमणमा


१९ भदौ, एजेन्सी । ताइवानका राष्ट्रपति साई इङ्गवेन दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको भ्रमणका निम्ति आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र हो । राष्ट्रपति साई इस्वाटिनीको स्वतन्त्रता दिवस एवं त्यहाँका नरेश म्स्वाती तृतीयको जन्मदिवस समारोहमा सहभागी हुन म्वेनेतर्फ प्रस्थान गरेकी हुन् ।

ताइपेइ अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपति साईले हालैका वर्षहरूमा अधिनायकवादको विस्तार भइरहँदा थपिएका अन्तरराष्ट्रिय चुनौतीहरूको सामना गर्न इस्वाटिनीको साथ र सहयोग जुटाउन आफू त्यसतर्फ जान लागेको बताएकी छिन् । इस्वाटिनीले सधैं दृढतापूर्वक ताइवानलाई समर्थन गरेर हामीलाई आत्मविश्वास र हौसला प्रदान गर्दै आएको उनले बताइन् ।

स्वदेश फर्कनु अघि उनले राजाम्स्वाती तृतीयसँग भेट गर्ने, स्थानीय अस्पताल र ताइवानले लागनी गरेका परियोजनाहरूको भ्रमण गर्ने कार्यक्रम छ । द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउन राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जान लागेको प्रवक्ता ओलिभियाले पत्रकारहरूलाई बताइन् ।

पहिले स्वाजिल्याण्ड भनेर चिनिने इस्वाटिनी ताइवानलाई मान्यता दिने विश्वका १३ देश मध्येको एक हो । ताइवानलाई चीनले आफ्नो अभिन्न अङ्ग भन्दै आवश्यक परेमा जुनसुकै बेला शक्ति प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ ।

सन् २०१८ मा बुर्किना फासोले ताइपेईलाई परित्याग गरेर बेइजिङको पक्षमा उभिएपछि अफ्रिकामा इस्वाटिनीमात्र ताइवानको कूटनीतिक सहयोगी बचेको छ । सन् २०१६ मा साई सत्तामा आएपछि चीनले ताइवानका नौ कूटनीतिक सहयोगीलाई आफ्नो पक्षमा ल्याइसकेको छ । पछिल्ला दिनमा ताइपेई र बेइजिङबीच सम्बन्ध बिग्रँदै जाँदा ताइवान टापुमा चीनले सैन्य दबाब पनि बढाएको छ ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?