Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

ताइवानी राष्ट्रपति इस्वाटिनी भ्रमणमा


१९ भदौ, एजेन्सी । ताइवानका राष्ट्रपति साई इङ्गवेन दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको भ्रमणका निम्ति आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र हो । राष्ट्रपति साई इस्वाटिनीको स्वतन्त्रता दिवस एवं त्यहाँका नरेश म्स्वाती तृतीयको जन्मदिवस समारोहमा सहभागी हुन म्वेनेतर्फ प्रस्थान गरेकी हुन् ।

ताइपेइ अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपति साईले हालैका वर्षहरूमा अधिनायकवादको विस्तार भइरहँदा थपिएका अन्तरराष्ट्रिय चुनौतीहरूको सामना गर्न इस्वाटिनीको साथ र सहयोग जुटाउन आफू त्यसतर्फ जान लागेको बताएकी छिन् । इस्वाटिनीले सधैं दृढतापूर्वक ताइवानलाई समर्थन गरेर हामीलाई आत्मविश्वास र हौसला प्रदान गर्दै आएको उनले बताइन् ।

स्वदेश फर्कनु अघि उनले राजाम्स्वाती तृतीयसँग भेट गर्ने, स्थानीय अस्पताल र ताइवानले लागनी गरेका परियोजनाहरूको भ्रमण गर्ने कार्यक्रम छ । द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउन राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जान लागेको प्रवक्ता ओलिभियाले पत्रकारहरूलाई बताइन् ।

पहिले स्वाजिल्याण्ड भनेर चिनिने इस्वाटिनी ताइवानलाई मान्यता दिने विश्वका १३ देश मध्येको एक हो । ताइवानलाई चीनले आफ्नो अभिन्न अङ्ग भन्दै आवश्यक परेमा जुनसुकै बेला शक्ति प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ ।

सन् २०१८ मा बुर्किना फासोले ताइपेईलाई परित्याग गरेर बेइजिङको पक्षमा उभिएपछि अफ्रिकामा इस्वाटिनीमात्र ताइवानको कूटनीतिक सहयोगी बचेको छ । सन् २०१६ मा साई सत्तामा आएपछि चीनले ताइवानका नौ कूटनीतिक सहयोगीलाई आफ्नो पक्षमा ल्याइसकेको छ । पछिल्ला दिनमा ताइपेई र बेइजिङबीच सम्बन्ध बिग्रँदै जाँदा ताइवान टापुमा चीनले सैन्य दबाब पनि बढाएको छ ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?