Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

गोर्खालीको कथा विश्वले हेर्दैछ : निर्देशक मिलन चाम्स


१९ भदौ, काठमाडाैँ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो भइरहेको छ । विशेषत अमेरिका, अष्ट्रेलिया, जापानमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । आफू निर्देशित पहिलो चलचित्रको ‘रेड कार्पेट’ प्रदर्शनी (प्रिमियर) बेलायतमा गरेका निर्देशक मिलन चाम्सले आउँदो समय राम्रो रहेको बताए ।

गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको चलचित्र ‘गोर्खा वारियर’ को हलिउड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही भदौ २४ गते अर्थात् १० सेप्टेम्बरमा हुँदैछ । विशेषत उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी हुन्छन् । यद्यपि गोर्खालीको विषयले गर्दा विशेष प्रदर्शनी सम्भव भएको बेलायतबाट निर्देशक चाम्सले जानकारी दिए ।

“हामीले यो इतिहास बनाउँदैछौँ, विश्वका ठूला कम्पनीले निर्माण गरेको चलचित्र प्रिमियर हुने स्थानमा हाम्रो हुनुमा पैसाभन्दा पनि गोर्खालीले बनाउनुभएको वीरताको इतिहास हो”, निर्देशक चाम्सले भने, “अहिले गोर्खा वारियरको चर्चा देखिए पनि यसले कालान्तरमा नेपाली चलचित्रलाई प्रवद्र्धनमा टेवा पुर्याउँछ, किनकि नेपाली चलचित्रको स्तरीयता विश्वकै प्रख्यात चलचित्र भवनमा देखाउँदैछौँ ।” उनले खर्चिलो र कानुनी प्रक्रियामा जटिलता भएकाले त्यहाँ प्रिमियर गर्न सहज नहुने बताए । यद्यपि गोखालीको चलचित्र भनेपछि सबै स्तरबाट सहयोग पाएकाले देखाउन लागिएको निर्देशक चाम्सले जानकारी दिए । प्रिमियरमा सहभागी हुन नेपालबाट समेत चलचित्रकर्मी बेलायत पुग्नेछन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले समेत ‘गोर्खा वारियर’लाई पत्र लेख्दै सफलताको शुभकामना दिएपछि लन्डनमा चर्चा र चासो बढेको निर्देशक चाम्सले जानकारी दिए । “अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोर्खालीका विषयमा चलचित्र बनेको थाहा पाएपछि गरिरहेको सहयोगको शब्दमा बयान गर्न सक्दिन, हामीले सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावासका प्रतिनिधि लगायतलाई निम्तो दिइरहेका छौं”, उनले भने ।

उनले आफ्नो कथालाई भन्न र विश्वलाई जानकारी गराउन अब निर्माता तथा निर्देशक तयार हुनुपर्ने बताए । युद्ध विधामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक चाम्स र गिरिराज घिमिरेले लेखेका चलचित्रमा मिलन श्रेष्ठले सम्पादन, सुदीप बरालले छायाङ्कन र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?